विद्यालय भवन पुनः निर्माणका लागि सहयोग

1415
views

नवदृष्टि संवाददाता
म्याग्दी,  बैशाख, ४। आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि प्रदेसबाट २ लाख ५० हजार सहयोग प्राप्त भएको छ । े विद्युत् सर्ट भई आगलागीबाट ध्वस्त भएको उतm भवन पुनःनिर्माणका लागि अस्टे«लियामा रहनुभएका पूर्व विद्यार्थी सुमन बानियाँको पहलमा उतm रकम प्राप्त भएको हो ।
भवन पुनःनिर्माणका व्यक्तिगत रुपमा रु ५० हजार सहयोग गर्नुभएका बानियाँको पहलमा सङ्कलित सो रकम उहाँका बुबा कृष्णबहादुरले विद्यालयका प्रधानाध्यापक तीर्थ बानियाँ र व्यवस्थापन समितिका अध्यक्ष प्रेम बानियाँलाई आइतबार हस्तान्तरण गरे । यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रमोदकुमार श्रेष्ठले विद्यालय भवन पुनःनिर्माणका लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन् भने एमाले जिल्ला कमिटी उपसचिव देवबहादुर घलेले २० हजार र सचिवालय सदस्य सन्तोष रावलले दुई हजार ५०० सहयोग गरेका छन् ।
दश कोठे भवन जलेर ९२ लाख बराबरको क्षति पुगेको भवन पुनःनिर्माणका लागि हालसम्म १५ लाखभन्दा बढी सहयोग जुटेको शिक्षक रामप्रसाद शर्माले बताए । एक सय ७४ जना बालबालिकाले अध्ययन गर्ने सो विद्यालयको पाँच वटा कक्षा टहराबाट सञ्चालन भएको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको विद्यालय र सहकारी संस्थालाई प्रवासबाट तीन लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।
दानामा जन्मिएर हाल बेलायतमा बसोबास गर्दै आएका महिला आबद्ध दाना युके आमा समूहबाट ज्ञानप्रकाश माविमा सोलार जडान गर्न एक लाख ५० हजार र सहकारीको भवन निर्माणका लागि एक लाख ६३ हजार सहयोग प्राप्त भएको ज्ञानप्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिए ।