तिहारमा साँढे सात करोड ५० लाख बराबरको मालाको व्यापार हुने अनुमान

638
views

काठमाण्डौ, २९ असोज । नजिकिदै गरेको दिपावलीमा सात करोड ५० लाख रुपैयाँ बराबर फूलको मालाको कारोबार हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारका लागि १५ लाखवटा फूलका माला खरिद गरेको छ ।
प्रतिमालाको ३० रुैयाँमा खरिद गरिएको माला प्रतिमाला ५० रुपियाँका दरले बिक्री गर्ने एसोसिएसनले जनाएको छ । जसको मूल्य सात करोड ५० लाख रुपियाँ हुन आउँछ ।
१५ लाख मालामध्ये सयपत्रीको माला ११ लाख, मखमलीको तीन लाख, गोदावरी, गुलाफलगायत अन्य फूलको माला एक लाखप्रति हुने फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
सयपत्रीको ११ लाख मालामध्ये तीन लाखवटा भारतबाट आयात गरिएको छ भने बाँकी आठ लाखवटा सयपत्रीको माला नेपालमै उत्पादन गरिने छ । फ्लोरिकल्चर एसोसिएसनका उपाध्यक्ष तिमिल्सिनाका अनुसार १५ लाख मालामध्ये तीन लाखवटा सयपत्रीको माला भारतबाट आयात भएको छ अरू सबै नेपालमै उत्पादन गर्छौं । ’
तिहारका अवसरमा तीन करोड ६५ लाख रुपियाँ बराबरको फूल तथा माला नेपालबाट बाहिरिने एसोसिएसनले जनाएको छ फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारबाहेक वर्षमा एक अर्ब ७१ करोड बराबरको फूलको कारोबार गर्दै आएको छ । त्यस्तै तिहारबाहेक वार्षिक सरदर १० करोड रुपियाँ बराबरको फूल, फूलको बीउबिजन र कृषि औजारलगायतका सामग्री भारतबाट आयात गरिँदै आएको छ ।