तोकिएकै समयमा निर्वाचन हुनेमा प्रधानमन्त्रीको आश्वासन

789
views

काठमाडौं २,  कातिक । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा निर्वाचन हुने आश्वासन दिनुभएको छ ।  देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० र २१ गते नै हुने र निर्वाचन आयोगलाई समेत सम्पूर्ण सहयोग हुने बताउनुभयो ।
निर्वाचन आयोगका पदाधिकारीहरुसँगको बालुवाटार भेटमा प्रधानमन्त्री देउवाले तोकिएकै समयमा निर्वाचन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयुक्तहरुसहितको टोलिसँग प्रधानमन्त्री देउवाले चुनावको तयारी सन्तोषजनक रहेको र निर्धक्क भएर तयारी गर्न आग्रह गर्नुभयो ।
भेटमा आयोगका पदाधिकारीहरू र प्रधानमन्त्री देउवाबीच दीपावली तथा छठपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान समेत भएको थियो ।
भेटमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, आयोगका आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल उपस्थित हुनभएको थियो ।