७४ सिटको भागबण्डाः एमाले ४१, माओवादी ३३

797
views

काठमाडौं । वाम एकता भन्दै मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभामा चुनावी तालमेलको निर्णय गरेका एमाले र माओवादी केन्द्रले प्रदेश सभाका लागि ३२ जिल्लाका ७४ सिटको बाँडफाँड टुंगो लगाएका छन् । बाँडफाँडमा सहमति भए अनुसार मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि ३२ जिल्लाका ७४ सिटमध्ये एमालेले ४१ र माओवादीले ३३ सिट पाएका छन्।
प्रतिनिधिसभाको सिट बाँडफाँडमा सबै जिल्लामा प्रतिनिधित्व हुनेगरी गरिएको छ । वाम एकताको पहलमा जुटेका एमाले र माओवादी मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका साथ चुनावी मैदानमा जाने चर्चा अब निश्चित भएको छ । दुई दलले बनाएको कार्यदलले मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनका लागि प्रदेशसभाको सिट बाँडफाँड टुंगो लगाएको हो ।
एमालेले प्रदेश सभामा
ताप्लेजुङ क, पाँचथर क, संखुवासभा ख, भोजपुर क र ख, सोलुखुम्बु क र ख, ओखलढुंगा क, खोटाङ क, दोलखा ख, रामेछाप क र ख रसुवा क, सिन्धुपाल्चोक १ ख र सिन्धुपाल्चोक २ ख , नुवाकोट २ क, लम्जुङ क र ख, धादिङ १ क, धादिङ २ क, मनाङ क र ख, म्याग्दी ख, गोरखा १ ख बाग्लुङ १ (ख), बाग्लुङ २ ख, डोल्पा क, जुम्ला ख, कालिकोट क, जाजरकोट क र ख बझाङ क, बाजुरा क र ख, बैतडी ख र दार्चुला क पनि एमालेको भागमा परेको छ ।
माओवादी केन्द्र
ताप्लेजुङ ख, पाँचथर ख, संखुवासभा क, ओखलढुंगा ख, खोटाङ ख, दोलखा ख, रसुवा ख, सिन्धुपाल्चोक १ क, २ क, नुवाकोट १ क, धादिङ १ ख, गोरखा १ क, गोरखा२ क र ख, बाग्लुङ १ ख, बाग्लुङ २ ख, म्याग्दी क र रोल्पा क र ख लिएको छ । यस्तै, रुकुम पूर्व क र ख, जुम्ला क, कालिकोट ख हुम्ला क र ख, रुकुम पश्चिम क र ख, डोल्पा ख, बझाङ ख, बैतडी क र दार्चुला ख पनि माओवादी केन्द्रको भागमा परेको छ।