वाम गठवन्धनका उम्मेदवार पूर्वमन्त्री तामाङले गरे नुवाकोटका निम्ति यस्तो प्रतिवद्धता

643
views

नुवाकोट । नुवाकोट निर्बाचन क्षेत्र नं १ बाट वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङले नुवाकोटका लागि आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता एवम पुर्व मन्त्री समेत रहेका तामाङले नुवाकोटको विकास र समृद्धिको निम्ति एजेण्डाहरु सार्वजनिक गरेका हुन ।
नुवाकोटको ग्रामिण भेगमा सामान्य परिवारमा जन्मेका तामाङले माओवादी आन्दोलन हुदै वबभिन्न समयमा अनेकन जिम्मेवारीमा रहेर नुवाकोटबासीको सेवा गरेको अनुभवलाई निर्वाचित भएमा संघीय संसदमा रहेर थप महत्वका साथ पुरा गर्ने बताएका छन् ।
यि हुन् तामाङका प्रतिवद्धताहरु
– एक रुपैयाँ न खानेछु न खान नै दिनेछु ।
– प्रत्येक विकास निर्माणका भौतिक प्रगतिको आवधिक अनुगमन गर्नेछ र प्राप्त राय सुझावलाई अक्षरस कार्यन्वयन गर्ने ।
–सार्वजनिक पदधारण गरेको ३० दिनभित्र सम्पत्ति विवरण पेश गर्नेछु । सेवाबाट विदा भएको २० दिनमा फेरी सम्पत्ति विवरण दाखिला गर्नेछु ।
– लाभको पदमा रहदा सान, रवाफ र पद प्राप्तिलाई प्रतिष्ठाको छनक पनि दिने काम गर्दिन ।
– प्रत्येक घरघरमा पुगि प्राप्त गुनासाहरुको अभिलेख राख्ने सार्वजनिक सुनुवाईको कार्यक्रम जनतामाझ प्रस्तुत गर्नेछु ।।
– ठूला परियोजनालाई समयमै पुरा गर्न विकासमा व्यापक जनसहभागिताको नीति अवलम्बन गर्नेछु ।
– जनगुनासाहरु सुन्न एउटा हटलाइन सेवालाई प्रयोगमा ल्याउनेछु ।
– स्रोतसाधनमा अभिजात वर्गको कब्जा नहुने गरि कार्य सञ्चालन गर्नेछु ।
– भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछु ।
– नागरिकलाई पर्न सक्ने विपत र जोखिमीको राहत, उद्धार, प्रतिकार्य, पुनस्स्थापना, पुनर्निमार्ण र नवनिर्माणको लागि हरतरहले लाग्ने प्रण गर्दछु ।