(आईओएम) को एमबीबीएस प्रवेश परीक्षा पूनः हुने

865
views

काठमाण्डौ, ३० गते । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को एमबीबीएस तहको प्रवेश परीक्षा पुनः हुने भएको छ । त्रिवि कार्यकारी परिषद्का पदाधिकारीहरु चित चोरी काण्डको कारण एक महिना देखि रोकिएको परीक्षा पुनः गर्ने निष्र्कषमा पुगेका छन ।


चित चोरी काण्डबारे छानविन गर्न गठित समितीले प्रतिवेदन बुझाएलगत्तै बुधबार राति अबेरुसम्म छलफलमा जुटेका उनीहरुले परीक्षा पुनः गर्नुको विकल्प नरहेको निष्कर्षमा पुगेका छन । त्यससम्बन्धी औपचारीक निर्णण् भने उनीहरुले बिहिबार मात्रै गर्ने भएका छन ।
प्रश्नपत्र बाहिरीए पछि परीक्षा अनियमितताको घेरामा फसेको पाइयो । कुन तहमा अनियमितता भयो भन्ने मूल्यांकन भइरहेको छ , बैठकमा सहभागी त्रिबि पदाधिकारीले भने , परीक्षा पुन ः गर्नुको विकल्प देखिएन ।
त्रिवि उपकुलपति तीर्थ ्खनियाले भने छानविन प्रतिवेदन हात पारेपछि आफुहरुल कानुनविद लगायत सरोकारवाला निकायसँग विस्तृत छलफल गरेको र त्यस बारे अन्तिम निर्णय लिन भने बाँकि रहेको बताए । आजको अन्नपूर्ण दैनिकबाट