नेपाल वायुसेवा निगम वाई १२ ई जहाज ल्याउने तयारीमा

571
views

काठमाडौं । नेपाल वायुसेवा निगमले चिनमा तयारी अवस्थामा रहेका दुई थान नयाँ (वाई १२ ई) जहाज ल्याउने तयारी थालेको छ । यसक्रममा जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनल होल्डिङलाई तिर्न बाकी ३० प्रतिशत रकम भुक्तानिका े प्रक्रिया अगाडि बढाएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका आनुसार ६ करोड ५० लाख चिनियाँ युआन (झन्डै १ अर्ब दुई करोड रुपैयाँ) रकम नेपाल सरकारले चिनियाँ एक्जिम बैंकमार्फत जहाज निर्माता कम्पनीलाई तिर्नुपर्छ । त्यसपछि मात्र निगमलेती जहाज नेपाल ल्याउन सक्छ । चीनमा हाम्रा दु्इवटा जहाज तयारी आावस्थामा छन, श्रेष्ठले भने, अर्थ मन्त्रालयमार्फत नेपाल सरकारले यो रकम जहाज निर्माता कम्पनीलाई भुक्तानी गरेसँगै जहाज ल्याउने बाटो खुल्नेछ । आजको नयाँ पत्रिका दैनिकबाट