मतपेटीकाको पहरा दिन आलोपालो गर्न सकिने

571
views

आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरण निर्वाचनपछि मात्रै हुने भएपछि यसको सुरुक्षामा चुनौती र चिन्ता देखिएको छ ।
दुुवै चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै एकसाथ मत गणना गरिने भएकाले १२ दिन सम्म पहिलो चरणको मतपेटिका विश्वासनिय ढंगबाट सुरक्षित राख्नेबारे आयोगले अझैसम्म विस्तृत योजना तय गर्न सकेको छैन ।
तर, मतपेटिका सुरक्षाका लागि सिल र ताला भने बलियो बनाइएको आयोगले जनाएको छ आयोगका अनुसार राजनीतिक दलहरुको रोहबरमा राखिने मतपेटिकामा दलले चाहे २४ घण्टा आलोपालो गरी पहरा दिन सक्नेछन ।
आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनमार्फत मतदाताको मताधिकारको सदुपयोग भइसकेकाले अब मतगणना नहुन्जेलसम्म मतपेटिकाको सुरक्ष ागर्न दायित्व आयोगको भएको बताए । आजको राजधानी दैनिकबाट