कक्षा ११ को आंशिक तर्फको नतिजा सार्वजनिक

612
views

काठमाडौं । कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक डम्बर बतासले जनाए ।
आंशिक परीक्षामा १ लाख १ हजार ३ सय ७५ मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ ।