नेपाल युएईबीच प्रतिष्ठाको खेल

727
views

काठमाण्डौ, १९ मंसिर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले बुधबार घरेलु टोली युएईसँग पहिलो खेल खेल्दैछ । च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन–२ मा घटुवा भइसकेका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाका लागि मात्र हुनेछ ।

पारस खड्काको कप्तानीमा युएई गएको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो । च्याम्पियनसिपमा नेपालले आगामी शुुक्रबार युएईसँगको दोस्रो खेल खेल्नेछ ।