पर्वतमा बाम गठबन्धनको अग्रता कायमै, यस्तो छ ताजा परिणाम

948
views

पर्वत । पर्वतका १ सय ३९ वटा मतदान केन्द्र मध्ये ६९ केन्द्रको गणना गर्दा बाम गठवन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी ६ हजार ६ सय तीन मतका साथ अग्रस्थानमा छन् । गिरीले २० हजार १५ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १३ हजार ४ सय १२ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा सदस्यतर्फ पर्वत क्षेत्र नं. १ मा माओवादी केन्द्रका नेत्र अधिकारीले अग्रता हासिल गरिरहेका छन् । उनले ९ हजार १ सय ५६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका नबराज गुरुङ्गले ८ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदेशसभा तर्फ पर्वत क्षेत्र नं. २ मा एमालेका बिकास लम्साललेले झण्डै एक हजार हजारमतले अग्रता लिएका छन् । उनको पक्षमा ८ हजार ९ सय ५४ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका राजेन्द्र तिवारीले ७ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् ।