भारत लैजाँदै गर्दा १४ किलो चरेससहित चारजना पक्राउ

712
views

नेपालगन्ज । सुरक्षा निकाय सबैको ध्यान चुनावमा केन्द्रित भइरहेका बेलामा भारतमा लैजान लागिएको १४ किलो चरेससहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति बाँके जिल्लाको बैजनाथ गाउँपालिकाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार जाजरकोट कुशेगाउँपालिका ८ का २७ वर्षीय अर्जुन बस्नेत, सोही ठाउँका ३० वर्षीय रामबहादुर खत्री, २२ वर्षीय प्रेम खत्री र ४३ वर्षीय प्रेमबादुर खत्रीलाई संघीय प्रहरी इकाइ नेपालगन्जको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरुबाट केही नगदसमेत बरामद गरेको छ ।