समानुपातिकको मतगणना सकियो, कस्का सांसद कति ?

786
views

काठमाडौं २ पुस । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ ।

दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ ।

यी पाँच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएकाले कानुनअनुसार ती दलले मात्रै समानुपातिकबाट सिट पाउनेछन् । आयोगले ‘सेन्टलग’ विधिबाट दलहरूले पाउने सिट निर्धारण गर्नेछ । ३ प्रतिशतभन्दा कम ल्याएका दलहरूको मत समानुपातिक सिटका लागि गणना हुनेछैन । समानुपातिक निर्वाचन प्रणालीबाट ४९ दलले चुनावी प्रतिस्पर्धा गरेका थिए । ४४ दलले ३ प्रतिशतभन्दा कम मत पाए ।

प्रतिनिधिसभामा १ सिट मात्र हुने दल
१. राष्ट्रिय प्रजातन्त्र पार्टी, २. नयाँ शक्ति, ३. राष्ट्रिय जनमोर्चा, ४. नेमकिपा
प्रदेशसभाका लागि समानुपातिकबाट कुन दलले कति सिट पाउँदैछन् ?

प्रदेश १
एमाले १५
कांग्रेस १३
माओवादी ५
फोरम २
राप्रपा १
सं.लो.रा.मञ्च १
कुल ३७
प्रदेश २
कांग्रेस ११
राजपा १०
फोरम ९
एमाले ७
माओवादी ५
ने.सं.स. पार्टी १
कुल ४३
प्रदेश ३
एमाले १६
कांग्रेस १४
माओवादी ८
विवेकशील ३
राप्रपा १
राप्रपा (प्र) १
नेमकिपा १
कुल ४४
प्रदेश ४
एमाले १०
कांग्रेस ९
माओवादी ३
नयाा शक्ति १
राजमो १
कुल २४
प्रदेश ५
एमाले १३
कांग्रेस १२
माओवादी ६
फोरम २
राजपा १
राजमो १
कुल ३५
प्रदेश ६
एमाले ६
कांग्रेस ५
माओवादी ४
राप्रपा १
कुल १६
प्रदेश ७
कांग्रेस ८
एमाले ८
माओवादी ४
राजपा १
कुल २१