तल्लो मोदीले शेयरधनीलाई पाँच प्रतिशत लाभांश दिने

756
views

पर्वत, ९ पुस । तल्लो मोदी–१ जलविद्युत् आयोजनाले सेयरधनीलाई चुक्ता पुँजीको पाँच प्रतिशत (पाँच करोड ७५ लाख रुपैयाँ) नगद लाभांश दिने भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनी आयोजनाले हाल कायम गरेको चुक्ता पुँजीको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको निर्णयलाई सञ्चालक समितिको बैठकको निर्णयलाई वार्षिक साधारणसभाले पारित गरेको छ । पर्वतमा १० मेगावाटको तल्लो मोदीबाट २०६९ मंसिरदेखि विद्युतको व्यापारिक उत्पादन सुरु गरेको थियो । आयोजनका अध्यक्ष सुकुन्तलाल हिराचनले आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको ६ वर्षमा लक्ष्यअनुसार नै आम्दानी दिएको बताए ।

अघिल्लो आर्थिक वर्ष २०७२ र ७३ मा १४ करोड ७१ लाख आम्दानी गरेको आयोजनाले गत आवबाट ७७ प्रतिशतले वृद्धि भएर २८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको जनाइउको छ ।

अघिल्लो आर्थिक वर्षमा एक करोड ३५ लाख ६४ हजार खुद नाफा गरेको कम्पनीले गएको आवमा चार करोड ८८ लाख ४८ अजार खुद नाफा कमाएको छ ।

चालू आवको पहिलो तीन महिनासम्म कम्पनीले चार करोड १८ लाख ८१ हजार खुद नाफा कमाएको छ । कम्पनीले समीक्षा अवधिमा नौ करोड ७१ लाख ३३ हजार रुपैयाँको विद्युत् बिक्री गरेको छ ।

चालू आवको असोजसम्म एक करोड ८० लाख ३१ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा पानीको बहाव बढ्न गई २२ हजार पाँच सय ६९ युनिट बढी विद्युत् उत्पादन भएको छ ।