जनमतको अपमान काँग्रेसले गरेको छ –नेता नेपाल

633
views

काठमाडौँ १२ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको बताएका छन् ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नेता नेपालले जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा काँग्रेसले सत्ता लम्बाउन बखेडा निकालेको बताए ।

जनताको अधिकार सुनिश्चित गर्न वाम गठबन्धन कहिलै पछि नहटेको चर्चा गर्दै उनले कम्युनिस्टले प्रजातान्त्रिक प्रणाली खान्छन कि लोकतन्त्र खान्छन् वा अधिनायक ल्याउँछन् भनेर जनतालाई झुक्याउने दिन समाप्त भएको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले अब इमान्दारिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर राज्य सञ्चालन गरिने बताउँदै योग्य मान्छेलाई जिम्मेवारी दिइने व्यवस्था गरी विकास निर्माणको अध्याय शुरु गरिने जिकिर गरे । उनले माओवादी केनद्र र एमालेकाबीच छिट्टै पार्टी एकता हुने स्पष्ट पारे ।