भिमफेदीमा सुमो दुर्घटना दुईको अवस्था गम्भिर

711
views

हेटौँडा, १२ पुस । हेटौँडाबाट काठमांडौँतर्फ जाँदै गरेको मझौला तथा टेम्पो यातायात संघको ना १ च १९३९ नंको टाटासुमो आज दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन् ।

भीमफेदी इलाका प्रहरी कार्यालयका अनुसार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा टाटासुमो सडकबाट १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागाईंको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए । सुमोमा आठजना यात्रु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते किन्दा दाहाल, सिर्जना चौलागाईं, राजकुमार घलान, जीवन शाह, प्रकृति मानन्धर र विदुर धिमाललाई उपचारका लागि हेटौँडा ल्याइएको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिए ।