प्रधानसेनापति श्रीलङ्काको औपचारिक भ्रमणमा

613
views

काठमाण्डौ, ४ माघ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख (कमाण्डर अफ द श्रीलंका आर्मी) को औपचारिक निमन्त्रणामा आज श्रीलङ्का तर्फ प्रस्थान गर्नु भएको छ ।

प्रधानसेनापति महारथी क्षत्रीलार्ई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो । यसअघि प्रधानसेनापति महारथी क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द, नेपालस्थित श्रीलङ्काका महामहिम राजदूतलगायत विभिन्न मित्रराष्ट्रका आवासीय सैनिक सह–चारीहरुको समेत उपस्थिती रहेको थियो ।

भ्रमणको दौरानान उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । सोही क्रममा उहाँले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी क्षत्री मिति यहि माघ ११ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

प्धान सेनापतिको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।