राष्ट्रिय सभा निर्वाचनको लागि मनोनयन दर्ता हुदैँ

588
views

काठमाण्डौ, १० माघ । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरूले आज उम्मेदवार मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ । निर्वाचन आयोगको सुचना शाखाका अनुसार सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यलयमा मनोनयन दर्ता गर्ने व्यवस्था रहेको छ ।
राष्ट्रिय सभाको लागि प्रत्येक प्रदेशबाट ८ ८ जना गरेर कुल ५६ जना निर्वा्चित हुने व्यवस्था रहेको छ । कुल ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचन मार्फत निर्वा्चित भएर आउन व्यवस्था छ भने बाँकी ३ जना मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रतिले मनोनित गर्ने व्यवस्था छ ।

आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमार्फत बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गरिनेछ । प्रत्येक प्रदेशबाट निर्वा्चित हुने आठ जना सदस्यमा तीन महिला, एक दलित र एक जना अपांगता भएको व्यक्ति वा अल्पसंख्यक हुनुपर्ने कानुनी व्यवस्था छ ।

बाँकी तीन सदस्य भने खुलाबाट निर्वा्चित हुनेछन् ।उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको हुनुपर्ने र ३५ वर्ष पूरा भएको हुनुपर्नेछ ।

त्यसरी मतदाता नामावलीमा नाम रहेको उम्मेदवारले सात प्रदेशमध्ये जुनसुकै प्रदेशमा पनि उम्मेदवारी दर्ता गराउन सक्नेछ ।