वार्षिक उत्सवको तेस्रो दिन आज घैंटो फुटाईयो

809
views

सन्तोष पाठक
पर्वत, २३, माघ । गुप्तेश्वर बहुमुखी क्यामपस को २६ औ बार्सिक उत्सबवको आज तेस्रो दिन विभिन्न कार्यक्रम भएका छन् । तेस्रो दिन आज टेनिस प्रतियोगिता र घैटो फुटाल्ने प्रतियोगिता भएको छ । विभिन्न प्रतियोगिताहर गदैृ आयोजित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख सुवास पन्तले गर्नुभएको छ । कार्यक्रमको संयोजक नवराज शर्मा रहनुभएको छ ।

भोली चौथो दिन पनि विविधखाले कार्यक्रमहरु रहेको र २५ गते वार्षिक उत्सब मनाउनेदिन रहेको सहयाक क्याम्पस प्रमुख ओमकार गिरीले बताउनु भयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ जिल्ला सदस्य एवं नेविसंघ इकाइ सहसचिव आनन्द खत्री, स्वबियु सभापति शिशिर क्षेत्री र नेविसंघ इकाई अध्यक्ष शिशिर शर्माले स्वयंसेवकको भूमिका निर्वाह गर्नुभएको छ । आज भएको प्रतियोतिामा कार्यक्रमको सञ्चालन विकास शर्माले गर्नु भएको थियो ।