प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीको पक्कापक्की

554
views

काठमाण्डौ, २४ माघ । माओवादी केन्द्रले ६ नं प्रदेशको मुख्यमन्त्री कालिकोटबाट निर्वा्चित सांसद महेन्द्र बहादुर शाहीलाई बनाउने निर्णय गरेको छ ।

पूर्व ऊर्जा मन्त्री समेत महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सबै सर्वसम्मत भएपछि मुख्यमन्त्रकिो विवाद टुंगो लागेको हो । पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा तथा शक्तिबहादुर बस्नेत तथा प्रदेश संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीको टुंगो लगाएका हुन् ।


छलफलमा महेन्द्रबहादुर शाहीका नाममा सहमति भएको भएको हो । बिहीबार बस्ने दलको बैठकबाट औपचारिक घोषणा हुने जनाईएको छ ।

यस अघि नेताहरु महेन्द्र शाही र नरेश भण्डारीले मुख्यमन्त्रीमा दाबी गर्दै आएका थिए । मुख्यमन्त्री टुंगो लाग्न नसकेपछि पूर्वगृहमन्त्री जनार्दश शर्मा सहजीकरणका लागि सुर्खेत पुगेका थिए ।

माओवादीले वाम गठबन्धनको भागबन्डा अनुसार प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको छ । प्रदेश ७ मा मुख्यमन्त्रीमा डोटीबाट निर्वा्चित सांसद त्रिलोचन भट्टलाई सर्बसम्मत चयन गरिसकेको छ ।