प्रदेश ३ः डोरमणि पौडेल एमाले संसदीय दलको नेतामा विजयी

706
views

प्रदेश नम्बर ३ मा एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । आज भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी भएका हुन् । यससँगै उनलाई प्रदेश ३ को मूख्यमन्त्री बन्ने बाटो खुलेको छ । उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत पाइन् ।

एमालेको ३ नं प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा मतदान भएको थियो ।