नौ वटा कानुन संसोधनले लगानीकर्ता उत्साहित— मन्त्रि पुन

69
views

नवदृष्टि संवाददाता
१७, बैसाख

काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले लगानीमैत्री वातावरण बनाउन अध्यादेश मार्फत ९ वटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको बताएका छन् ।
सम्मेलन २०२४मा सहभागी हुन आएका विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुन्द्रा कोष र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको र लगानीकर्तामा उत्साहित गराएको बताए ।
अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा विकास साझेदारहरूको सक्रिय सहभागिताले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य उत्साहजन रूपमा सफल भएको उल्लेख गरेका छन् । मन्त्रि पुनले विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उत्साह बढाएको दाबी गरे ।
पुनले विगतदेखि गरिदै आएको प्रतिबद्धताअनुसार यस्तै विकास साझेदारहरूले चासो राख्दै आएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रियाअघि बढेको जानकारी उनले गराए ।