नेष्डो नेपालको ३० औ बार्षिकउत्सवको अवसरमा पिडितहरुलाई आर्थिक सहयोग

85
views

नवदृष्टि संवाददाता
पर्वत, १७ बैसाख

नेष्डो नेपालको ३० औ बार्षिकउत्सवमा एवम् संस्थापक अध्यक्ष प्रसाइको ५३औं शुभजन्मोत्सव सप्ताहको पहिलो दिन आईतवार आधा दर्जन आगलागीमा परेका र विभिन्न रोगले पिडीतहरुलाई उपचारको लागि सहयोग गरेको छ ।
समारोहमा आगोलागी पिडित कुश्मा नगरपालिका, वडा ३ निवासी पुर्ण प्रसाद शर्मा, मनमायाँ विक र मोदी गाउपालिका, वडा ५ निवासी हरि वहादुर सुवेदीलाई संस्थाको तर्फवाट जनही १० हजार र प्रसाईको तर्फवाट जनही ५ हजार गरी जनही पन्ध्र हजारको दरले आर्थिक सहयोग प्रदान गरिएको छ ।
यसैगरी व्रेनट्युमरवाट पिडित कुश्मा नगरपालिका, वडा ३ निवासी पदमपाणी पाध्या, क्यान्सर पिडित फलेवास नगरपालिका वडा ३ निवासी सपना घिमिरे र रुखवाट लडी उपचारर्थ मोदी गाउपालिका वडा ४ निवासी कुमारी पुर्जालाई पनि संस्थाको तर्फवाट जनही १० हजार र प्रसाईको तर्फवाट जनही ५ हजार गरी जनही १५ हजार रुपयाको दरले आर्थिक सहयोग प्रदान गरिएको छ ।
राजनीतिक दल, जनप्रतिनिधी, कर्मचारी, वैंकर्स, सामाजिक संघसंस्था, उद्योगी, व्यापारी, सञ्चारकर्मी एवम् सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको समारोहलाई संवोधन गर्र्दै संस्थापक अध्यक्ष प्रसाईले आँफूले ३० वर्षसम्म सामाजिक क्षेत्रमा जीवन समर्पण गरेको कारण जिल्लामा सहाराविहिनहरुको सहारा नेष्डो नेपाल वनाउन सफल भएको बताए ।