शालग्राम संरक्षणका लागि कुनपामा नगर समिति

270
views

नवदृष्टि संवाददाता
पर्वत, १७, बैशाख

  प्रकृति वातावारण तथा शालग्राम संरक्षणका लागि पर्वत जिल्लाको कुश्मा नगरपालिकामा नगरस्तरिय शालग्राम संरक्ष्ँण अभियानको नगरसमिति गठन गरिएको छ । प्रकृति वातावारण तथा शालग्राम संरक्षण अभियानका जिल्ला संयोजक यज्ञ बहादुर थापा, जिल्ला सदस्यहरुको उपस्थितिमा उक्त कुश्मा नगर समिति गठन गरिएको हो ।
पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा भएको भेलाले केशवदास बैरागीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।
  समितिका सचिवमा युवराज बास्तोला रहेका छन् । त्यसैगरी सदस्यहरुमा विनोद कुमार कर्माचार्य, नारायण लामिछाने, तुलसीनाथ पौडेल, पितावम्वर पौडेल,अर्जुन शर्मा, चेतनाथ आचार्य, दामोदर शर्मा, कृष्णराज पौडेल, गंगादेवी तिवारी, रंगराज न्यौपाने, सरस्वती गिरि, ज्ञानेन्द्र पहाडि, विष्णुप्रसाद सापकोटा, वसन्त बास्तोला र राम प्रसाद बास्तोला रहेका छन् ।     भेलाले कालिगण्डकी क्षेत्रका आसपासमा अवैध नदी उत्खान् तथा शालग्रामको कुटनी पिसनीको साथै प्रकृति माथी चरम दोहनको कार्यलाई रोक्न संघसंस्था र सम्वन्धित निकायमा ज्ञापन पत्र पेश गर्ने बताईएको छ । त्यसैगरी प्रकृति वातावरण तथा शालग्राम संरक्षणको लागि सबै पालिकाहरुमा समिति गठन गरिने जनाईएको छ ।