क्रिकेटर करण केसीलाई नगद एक लाखसहित सम्मान

653
views

पोखरा, ९, फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले एकलाख नगदसहित सम्मान गरेको छ । पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेशन ४ का उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रामशरण बस्नेतले नगदसहित सम्मानपत्रबाट केसीलाई सम्मानित गरेका हुन् ।

सम्मानपछि बोल्दै मन्त्री बस्नेतले प्रदेश नं ४ लााई खेलकुदको पूर्वाधारमा प्रदेश सरकारले विशेष प्राथमिकतामा राखिएको बताए ।

साथै केसीले सञ्चालन गरेको राईजिङ क्रिकेट एकेडेमीलाई एक वर्षको लागि आवश्यक क्रिकेट किट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नामिवियामा आयोजित आईसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ मा क्यानडा विरुद्धको खेलमा स्ट्राईकमा करण केसी र नन स्ट्राइकमा सन्दीप लामिछाने थिए ।