पर्वतका भूकम्प पीडितहरु समस्यामा

907
views

महेन्द्र जिसी / पर्वत । पूर्न निर्माण तालिमको लागि ३५ लाख बजेट खर्चिएर स्थानीय तहमा तालिम सञ्चालन गरीँदै आएको भएपनि स्थानीय तह र नेपाल घरेलु विकास समिति पर्वतकाविच सहकार्य नहूँदा लाभग्राहीले समस्या झेल्दै आएका छन ।

तालिम प्राप्त डकर्मी र सिकर्मीले बनाएका आवास स्थानीय तहका कर्मचारीले पास नगर्दा समस्या भएको हो । घरेलु विकास समितिले आँफुखुसी तालिम सञ्चालन गराएर मापदण्ड पु¥याउन नसिक्याएपछि समस्या भएको हो । अहिले लाभग्राहीहरुले स्थानीय निकायको मापदण्ड पुरा गराउन नसकेको बताएका छन् ।

तालिम प्राप्तहरुले बनाएको घर स्थानीय तहका कर्मचारीहरुले पास नगराउँदा अनुदान रोकीने समस्या देखिएको छ । घरेलु विकास समितिले आँँफुखुसी तालिम दिँदा समस्या भएको पूनः निर्माण तर्फका ईन्जिनियरहरुले गुनासो गरेका छन ।

समितिले आँफुहरुसँग सहकार्य नगरी औपचारीकता पुरा गराउँदा सेवाग्राहीले सास्ती पाएको स्थानीय तहका कर्मचारीहरुले बताएका छन । कर्मचारीहरुले सम्बन्धित कर्मचारीसँग सहकार्य नगरी तालिम दिएर बजेट मात्र सक्ने काम भईरहेको बताएका छन् ।

घरेलु विकास समितिका सुब्बा महेन्द्र घिमिरे कालिगडलाई तालिम दिइएको कारण स्थानीय निकायले मान्यता दिन बाध्यकारी नभएको बताउनु भयो । घिमिरेले तालिमको अवधि छोटो बजेट पनि कम भएका कारण स्थानीय निकायका प्राविधिहरुसँग सहकार्य गर्न नसकिएको बताउनु भयो । अहिले लाभ ग्राहीहरुले बनाएका आवास स्थानीय निकायले मापदण्ड भन्दै पास नगरेपछि निर्माणको कार्य अलपत्र छाडदै आएका छन् ।