जनकपुरमा बस र स्कोरपियो जुद्धा दुईको मृत्यु

662
views

जनकपुर, १२, बैशाख । जनकपुर उपमहानगरपालिका स्थित मुजेलियामा बस र स्कोरपियो ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।मंगलबार दिउँसो जनकपुरबाट छुट्न लागेको ना २ ख ५२३६ नम्बरको यात्रु बाहक बस र विपरित दिसा बाट आउँदै गरेको ना १५ च १७५० नम्बरको स्कोरपियो एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कोरपियो चालक र अन्य सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीको हरिवन निवासी उमेश कुमार कर्ण तथा अर्को व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरीले बताएको छ । बसमा सवार ६ जना यात्रुहरु समेत घाइते भएको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।