बिस्केट जात्रामा रंगियो मध्यपुर थिमी

1666
views

काठमाडौँ । भक्तपुरको मध्यपुर बिस्केट जात्राको अन्तिम दिन थिमी क्षेत्रमा आज सिन्दूर जात्रा मनाइएको छ। बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीका बासीन्दाले एकअर्कामा अबिर दलेर सिन्दूर जात्रा मनाएका हुन् ।

मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा मानिदै आएको छ । मध्यपुर थिमीमा २३, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ गरी ३२ वटा खट सहभागी भई परम्परागत रूपमा विभिन्न देवीदेवताको नेतृत्वमा जात्रा निकाल्ने गरिन्छ ।