हिंसापछि सामाजिक सुरक्षा सम्बन्धी निर्णय फिर्ता

874
views

बैशाख १० गते । निकारागिवाका राष्ट्रपति डानियल ओर्टेगाले देशभर हिंसात्मक प्रदर्शनहरू निम्त्याएको सामाजिक सुरक्षा सुधार सम्बन्धी कदमहरू फिर्ता लिएका छन् ।

उनले निजी क्षेत्रलाई वार्तामा संलग्न हुन पुनस् आग्रह गर्दै हिंसा रोक्न अपिल गरेका छन् । तर निजी क्षेत्रका नेताहरूले सरकारले विपक्षीहरूमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् ।

बुधवार निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा भएपछि लाभग्राही र विद्यार्थीहरू सडकमा निस्किए यता भएका हिंसात्मक प्रदर्शनमा निकरागिवामा कम्तीमा २५ जना मारिएको अधिकारवादी समूहहरूले जनाएका छन् ।

फिर्ता
अन्ततः राष्ट्रपति डानियल ओर्टेगालाई सरकारको निर्णय फिर्ता लिनु एकमात्रै उपलब्ध समाधान भएको लागे जस्तो देखिन्छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै उनले कैयौँ मानिसको ज्यान समेत लिने गरी व्यापक विरोध निम्त्याएको सामाजिक सुरक्षा प्रणालीतर्फका सुधारका कदमहरू फिर्ता लिएको जनाए ।

‘आइएनएसएस’ भनिएको उक्त आदेशले मूख्य रुपमा निवृत्तिभरणमा प्रभाव पार्ने बताइएको थियो । विद्यार्थी समूहदेखि विपक्षीहरू समेत ओर्टेगा सरकारकोविरुद्ध उभिएका थिए ।

अपेक्षा
उनका आलोचकहरूले सरकारी निर्णय एकदमै ढिला आएको र सरकारले पछिल्लो संकटलाई राम्ररी सम्बोधन नगरेको बताउने गरेका छन् । बीबीसी