आइपीएलः मुम्बई पराजित, राजस्थानको रोमान्चक जित

752
views

काठमाडौँ, १० बैशाख । गएराती भएको इन्डियन प्रिमियर लिग (आईपिएल) खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थान मुम्बई इन्डियन्सलाई ३ विकेटले हराउँदै रोमान्चक जित निकाल्न सफल भएको हो ।

टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । १६८ रनको ल्क्ष्य पाएको राजस्थानले १९ ओभर ४ बलमा लक्ष्य पूरा गर्दै सानदार जित निकालेको हो ।

राजस्थानको जितका लागि ३९ बलको सामना गरेका सन्जु सामसनले ५२ रन जोड्दै अर्धशतकिय पारी खेले । बेन स्टोक्सले २७ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४० रन जोडे भने कृष्णप्पा गौतमले ११ बलमा अविजित चार चौका र दुई छक्का हान्दै ३३ रन बनाउँदै जित दिलाए ।

मुम्बईका लागि जसप्रित बुमराह र हार्दिक पाण्ड्याले दुईरदुई विकेट लिएका थिए । यस्तै मिचेल मेक्लेंघन, क्रुणाल पाण्ड्या, मुस्ताफिजुर रहमान एकरएक विकेट झार्न सफल भए ।

योसँगै ६ म्याज खेलेको राजस्थानले तीन म्याचमा जित निकाकाल्दै ६ अंक बनाएको छ भने पाँच म्याच खेलेको मुम्बईले चौथो हारको सामना गर्दै २ अंक मात्र बनाउन सकेको छ ।