क्स अफिस साउन देखि, प्रक्रियामा नआउनेलाई कारबाही

1165
views

काठमाडौं । फिल्म उद्योगको कारोबार पारदर्शी बनाउने बक्स अफिस प्रणाली सरकारले साउन १ देखि लागू गर्ने भएको छ । बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो आम्दानीको सही हिसाब पाउने छन् भने कारोबार करको दायरामा समेटिनेछ ।

चलचित्र बिकास बोर्डका अध्यक्ष निकिता पौडेलले तयारी अन्तिम चरणमा पुगेको जनाउादै प्रक्रियामा नआउने फिल्म हलललाई कारबाही गरिने बताइन् । ‘असार मसान्तपछि काठमाडौं उपत्यकाका सबै हलमा बक्स अफिस लागू हुनेछ ,’ उनले भनिन्, ‘ प्रक्रियामा नआउने हलललाई कारबाही हुन्छ ।’ चलचित्र निर्माण, प्रदर्शन र वितरण २०२८ को दफा १२ उपदफा १ अनुसार कानुनी प्रक्रियामा नआउनेको इजाजत पत्र प्रमुख जिल्ला अधिकारीले खारेज गर्न सक्ने प्रावधान छ । आजको कान्तिपुर दैनिकबाट