मोदी नेपाल भ्रमणको विरोधमा उत्रिन वैद्य माओवादीको अपील (पूर्ण पाठ सहित)

1214
views

काठमाडौँ– ‘राष्ट्रघातको श्रृङ्खलाका रुपमा हुने मोदीको नेपाल भ्रमणका विरुद्ध एकजुट हुन नेकपा (क्रान्तिकारी माओवादी) ले आव्हन गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सो पार्टीको स्थायी समितिको तर्फबाट एक अपील जारी गर्दै राष्ट्रघातको श्रृङ्खलाका रुपमा मोदीको नेपाल भ्रमण हुन लागेको भन्दै त्यसका विरुद्ध एकजुट हुन देशभक्त तथा क्रान्तिकारीहरुलाई अपील सार्वजनिक गरेको हो ।

सो अपीलमा भनिएको छ ‘नेपालको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको पक्षमा जोडदार आवाज उठाऔं १, मोदीको नेपाल भ्रमणका विरुद्ध एक जुट होऔं ११” “राष्ट्रघातको अर्को श्रृंखलाका रुपमा हुन लागेको मोदीको यो कथित राजकीय भ्रमण र राष्ट्रघाती अरुण तेस्रो जलविद्युत आयोजनाको शिल्यान्यासको कार्यक्रमको विरोधमा हाम्रो पार्टीद्वारा आयोजित विरोध कार्यक्रममा सहभागी भई ऐक्यवद्धता जाहेर गर्न र देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको पक्षमा दृढतापूर्वक उभिन हामी सम्पूर्ण देशभक्त नेपाली जनतालाई हार्दिक अपिल गर्दछौं ।”

यस्तो छ अपील –
“नेपालको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको पक्षमा जोडदार आवाज उठाऔं !
मोदीको नेपाल भ्रमणका विरुद्ध एक जुट होऔं !!

भारतीय विस्तारवादी मोदी सरकारले लगाएको तीन महिना लामो नाकाबन्दीबाट थिलो थिलो भएको नेपालको आर्थिक गतिविधि अझै सामान्य अवस्थामा नपुगेको र नेपाली जनताको हृदयमा लागेको घाउको खाटा बसी नसकेको अहिलेको स्थितिमा यही आगामी वैशाख २८ गतेदेखि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने कुरा ओली सरकारद्वारा सार्वजनिक गरिएकोे छ । केही दिन अघि मात्र आफ्नो पहिलो भ्रमण भारत बनाएका प्रधानमन्त्री के।पी। ओलीले नाकाबन्दी समयका आफ्ना पूर्व अडान समेतका विपरीत विगतमा भएका सबै असमान सन्धि सम्झौताहरुलाई यथावत् लागु गर्ने दलाली प्रतिबद्धता जाहेर गरेर पूर्ववर्ती प्रधानमन्त्रीहरुकै स्तरमा आफूलाई पु¥याएका छन् । यसका साथै कोशी उच्च बाँधका सम्बन्धमा गुप्त सम्झौता गरेर गंगा, ब्रह्मपुत्र लगायत भारतका सबै नदीलाई एक अर्कामा जोड्ने भारत सरकारका गुरु योजनामा सामेल भएर नेपालको कोशी नदीलाई समेत जोड्ने सहमति कायम गरेको भन्ने समेत चर्चा चलिरहेको छ ।
नेपालसँग विगतमा भएका सन् १९५० लगायतका असमान सन्धिहरु, कोशी, गण्डकी, महाकाली लगायत, माथिल्लो कर्णाली र अरुण तेस्रो सम्मका जलस्रोत सम्बन्धी असमान सम्झौतालाई लागु गर्ने कुरालाई अझ यथावतै कायम गर्न र देशका सुस्ता, महेशपुर, कालापानी लगायत करिव ६ दर्जन भन्दा बढी ठाउँहरुमा भएका सीमा अतिक्रमण र मधेस तराईका जनतालाई डुवानमा पार्दै आएका लक्ष्मणपुर, खुर्दलोटन लगायतका ठाउँमा भारतद्वारा एकतर्फी रुपमा बनाइएका बाँध तथा तटबन्धलाई वैधता दिनका लागि गरिन लागिएको मोदीको भ्रमण नेपालको हितमा नभएको कुरा सुस्पष्ट छ ।

आफूलाई “देशभक्त, वाम तथा कम्युनिस्ट” बताउने ओली सरकार देशमा गम्भीर बन्दै गएको सीमा अतिक्रमणका समस्याबारे चुपचाप रहेको छ । केही समय अगाडि विरगञ्जको छपकैयामा गरिएको भारतीय सीमा अतिक्रमणबारे यो सरकार पुरै मौन बनेको छ । गत ०७३ साल फागुन २३ गते कंंचनपुर जिल्लाकोे पुनर्वास नगरपालिकाको आनन्दपुर बजारमा भारतीय सीमा सुरक्षा बल (एस् एस् बी) द्वारा सीमा अतिक्रमण गर्ने सन्दर्भमा देशभक्त नेपाली युवा गोविन्द गौतमको हत्या गरिएको घटना सेलाउन नपाउँदै मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा केही दिन अघि मात्र कंचनपुर जिल्लाको पुनर्वास नगरपालिकाकै ९ नं। वार्डका स्थानीय जनताले आफ्नो खर्चमा लगाएको तारबार भारतीय सीमा सुरक्षाबलले दिनदहाडै उखेलेर स्थानीय जनता र नेपालका प्रहरीलाई समेत निर्घात कुटपिट गरेको घटना सार्वजनिक भैसकेको छ । यसका साथै यही कथित राजकीय भ्रमणका सिलसिलामा असमान र राष्ट्रघाती अरुण तेस्रो जलविद्युत आयोजनाको ओली र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम समेत राखिएको छ ।

उक्त प्रकारको गम्भीर स्थितिमा यी सबै खाले राष्ट्रघाती काम तथा गतिविधिहरुको विरोधमा हाम्रो पार्टीले राजधानी काठमाडौं लगायत सातै प्रदेशमा विरोध प्रदर्शनका कार्यक्रम गर्ने निर्णय गरेको छ । राष्ट्रघातको अर्को श्रृंखलाका रुपमा हुन लागेको मोदीको यो कथित राजकीय भ्रमण र राष्ट्रघाती अरुण तेस्रो जलविद्युत आयोजनाको शिल्यान्यासको कार्यक्रमको विरोधमा हाम्रो पार्टीद्वारा आयोजित विरोध कार्यक्रममा सहभागी भई ऐक्यवद्धता जाहेर गर्न र देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको पक्षमा दृढतापूर्वक उभिन हामी सम्पूर्ण देशभक्त नेपाली जनतालाई हार्दिक अपिल गर्दछौं ।

सो पार्टीले उठान गरेका नाराहरु –
९सन् १९५० लगायत सबै असमान सन्धि सम्झौता खारेज गर १ राष्ट्रिय हित अनुकूल नयाँ सम्झौता गर १
– सीमा अतिक्रमण बन्द गर १ अतिक्रमित भूभाग फिर्ता गर १
– उपल्लो कर्णाली, अरुण तेस्रो सहित सबै राष्ट्रघाती जलविद्युत परियोजना खारेज गर १
– सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाइएका बाँध तथा तटबन्ध भत्काऊ १
– भारतीय विस्तारवाद मुर्दावाद, ओली–मोदी गठबन्धन मुर्दावाद १
– देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा गरौं १
– नेपाली तथा भारतेली जनता एक होऔं १
– नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०– जिन्दावाद १

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
“स्थायी समिति”