प्यूठानमा बस दुर्घटनाः पाँचको मृत्यु

1377
views

प्यूठान, ३०, बैशाख । महेन्द्रनगरबाट प्यूठान सदरमुकाम खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

ना ४ र ख १८७६ नम्वरको महकाली यातायातको बस दुर्घटना भएको हो । दुर्घटनमा २० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते पाँचजनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल विजुवार लगिएको छ ।

मृत्यु हुनेमा गाडी चालक कैलाली चौमालाका बिर बहादुर थारुलगायत रहेका छन् । अन्य मृतकको सनाखन हुन सकेको छैन् । उनीहरूको जिल्ला अस्पताल विजुवारमा आएपछि सनाखत हुने प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।

सरुमारानी गाउँपालिका–४ स्थित बडडाँडा बजार नजिक ओरालो बाटोमा बस दुर्घटनामा परेको स्थानीयले जनाएका छन् ।