बालगृहलाई फिल्टर सहयोग

847
views

म्याग्दी । बेनी नगरपालिका–७ मा रहेको शिवालय टोल सुधार समितिले म्याग्दी बालगृहलाई विद्युतीय फिल्टर लगायतका सामाग्री सहयोग गरेको छ ।

नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रीत अनाथ बालबालिकाहरुलाई सफा र शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले एक थान विद्युतीय फिल्टर उपलब्ध गराइएको हो ।

समितिका संयोजक ज्ञानेन्द्र श्रेष्ठले संगठनका सभापति नेत्रबहादुर महतलाई फिल्टर सहित एक बोरा चामल, दाल, नुन, तेल, बिस्कुट लगायत सामाग्री हस्तान्तरण गर्नुभएको हो । बालगृहमा हाल ११ जना अनाथ बालबालीका आश्रीत छन् ।