सुमन परियारको ‘माया लाएरै हो’ सार्वजानिक

1071
views

निर्मल पौडेल
पर्वत, १, जेष्ठ । पर्वतको शंकरपोखरीमा जन्मेका सुमन परियारको लोक तथा दोहोरी गीत सार्वजानिक भएको छ । कोकिलकण्ठ जादुमय सुमधुर स्वरकी वहुचर्चित गायिका विष्णु माझी र सुमन परियारको माधुर्य स्वरमा सजिएको ‘माया लाएरै हो’ बोलको गीत बजारमा आएको हो । देवी म्युजिक सोलुसनले बजारमा ल्याएको गीतमा सुनिल केसीको शव्द र सुरज लामिछानेको लय रहेको छ ।

व्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको गीतमा सागर गौतमले छायाङ्कन गरेका छन् भने प्रदिप विष्टले सम्पादन गरेका छन् । चर्चित मोडल लिला गिरी र सागर थापाको उत्कृट अभिनय रहेको गीतले यतिवेला लोक साङ्गितीक वजारमा हंगमा मच्चाएको छ ।