भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख जरिवाना

836
views

धनगढी, १८, जेठ । बोक्सीको आरोपमा राधा चौधरीमाथि निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने राम बहादुर चौधरीसहित जिल्ला अदालत मोरङले तीन जनालाई दोषी ठहर गरेको छ । अदालतले घटनामा सं)लग्न अरु तीन जनालाई सफाइ दिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका, ५ देउकलियाकी राधा चौधरीमाथि निर्घात कुटपिट गरेको आरोपमा दोषि ठह गरेको अदालतका श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए । अदालतले भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने आदेश दिएको कठायतले जानकारी दिए ।

भोलेबाबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवाना र स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने आदेश भएको छ ।

जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अन्य तीन जनालाई भने सफाइ दिएको छ । अदालतले स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाइ दिएको हो ।

गत फागुन २४ गते बोक्सीको आरोपमा राधा चौधरीमाथि गाउँमै कुटपिट भएको थियो । बोक्सी आरोपामा राधा चौधरीमाथि कुटपिट गरेको भन्दै ६ जनाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो ।