सन्दीपको प्रदर्शनः १ ओभर, १२ रन

657
views

काठमाडौँ । वेष्ट इन्डिजविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्डको लर्डस मैदानमा विहीबार पहिलो टी–२० अन्तराष्ट्रिय खेल खेले । विश्व–११ को टोलीबाट खेलेका सन्दीपले डेब्यू अन्तराष्ट्रिय टी–२० खेलमा १ ओभर बलिङ गर्दै १२ रन खर्चे ।

वेन्ड इन्डिजमा गतवर्ष आएको समुन्द्रिक आधीँले क्षति पुर्याएका रंगशालाको पुर्न निर्माणमा सहयोग पुर्याउने उदेश्यले आइसीसीले आयोजना गरेको च्यारिटी खेललाई टी–२० अन्तराष्ट्रियको मान्यता दिएको थियो ।

१३ औं ओभर बलिङ गर्न आएका सन्दीपले १ छक्कासहित १२ रन बेहोरे । पहिलो बलमा दिनेश रामदिनले दोस्रोमा मोर्लिन सामुयल्सले र तस्रो बलमा रामदिनले १–१ रन जोडेका थिए । सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरे । यस्तै पाँचौं बलमा उनले ३ रन लिए भने अन्तिम बलमा रामदिनले कुनै रन लिन सकेनन् ।

लेगस्पिनरले भरिएको विश्व–११ को टोलीमा त्यसपछि भने सन्दीपले मौका पाएनन् । लेग स्पिनर कप्तान शाहिद अफ्रिदीले ४ ओभरमा ३४ रन खर्चदै १ विकेट लिए भने अर्का लेग स्पिनर रासिद खानले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो । उसका ओपनर इभन लुइसले ५८, रामदिनले ४४ तथा सामुयल्सले ४३ रन जोडे ।

२०० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको विश्व एघारले १६.४ ओभरमा सबै विकेटको क्षतिमा १२७ रन मात्रै बनाउन सकेको थियो। विश्व एघारका लागि थिसारा परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए। त्यस्तै, शोहिब मालिकले १२ रन बनाउँदा अन्य खेलाडीले भने राम्रो स्कोर बनाउन सकेनन्। सन्दीपले अविजित ४ रन बनाए ।