पोर्चुगलका लागि अभ्यासमा जोडिए रोनाल्डो

835
views

काठमाडौं, २३ जेठ रोनाल्डोले विश्वकप फूटबलको तयारीका लागि आफ्नो राष्ट्रिय टीमसँगै अभ्यास शुरु गरेका छन् ।

रियल मड्रिडका लागि च्याम्पियन्स लिग जितेपछि केही दिन छुट्टी लिएका रोनाल्डो मंगलबार पोर्चुगलको राष्ट्रिय टीमसँगै अभ्यासमा सहभागी भएका हुन् । च्याम्पियन्स लिगमा रोनाल्डोको टीम रियल मड्रिडले इंग्लिस क्लब लिभरपूललाई जित्दै उपाधि उचालेको थियो ।

५ पटकका बालोन डो’र विजेता रोनाल्डो पोर्चुगिच टीमको आकर्षणका पात्र हुन् ।पोर्चुगलले विश्वकपको इतिहासमा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । यद्यपि युरो कपको भने पोर्चुगल साविक विजेता हो ।

रुसमा केही दिनपछिबाट शुरु हुने विश्वकपमा पोर्चुगल समूह बीमा छ । उक्त समूहमा पोर्चुगलका अलावा स्पेन, मोरक्को र इरान छन् । पोर्चुगलले विश्वकप यात्राको शुरुवात बलियो प्रतिद्वन्द्वी स्पेनसँग खेलेर गर्नेछ ।