डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था निकै गम्भिर

1515
views

काठमाडौं । बाँसबारी स्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था एकदमै गम्भिर रहेको चिकित्सकहरुले बताएका छन् ।

पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर)मा राखिएका देवकोटाको स्वास्थ्य सुधारको सम्भावना घट्दै गएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।

डा. देवकोटाको स्वास्थ्य अवस्थालाई थप गम्भिर हुनबाट रोक्न हरसम्भव सबैखाले उपचार भइरहेको चिकित्सकहरूले बताएका छन् । डा. देवकोटाको परिवारका एक सदस्यले मध्यरातमा देवकोटाको स्वास्थ्यलाई लिएर विभिन्न अफवाह फैलिएको र त्यो निराधार भएको बताए ।

छ महिनासम्म बेलायतमा उपचार गरेर स्वास्थ्यमा सुधार नभएपछि देवकोटा वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए ।