बाग्लुङ्ग धुल्लुबास्कोटमा पहिरोमा परी एकै परिबारका तीन जनाको मृत्यु

1446
views

बाग्लुङ्ग १२ असार । गएराती परेको अबिरल वर्षाका कारण पहिरो गएर बरेङ गाउँपलिका–१ धुल्लुबास्कोटमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलका अनुसार हिजोको अबिरल वर्षाका कारण राति लुरुङ माथीको चुत्रेनी बनबाट झरेको पहिरोले पुरिँदा ४० वर्षका विष्णुबहादुर खत्री र उनकै श्रीमती वर्ष ३५ की विष्णु खत्री र ६ महिनाकी छोरीको मृत्यु भएको हो ।

राति साढे एक बजेको समयमा ठुलो आवाज आएको थियो कता हो भन्ने थाहा नभएकाले विहान ५ बजे मात्र स्थानीय घटनास्थल पुगेको प्रजिअ खरेलले जानकारी दिए ।