गृहमन्त्रीबाट आयो खुसीको खबर-लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ जारी

694
views

काठमाडौं, १२, असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ जारी गरेको बताएका छन् । ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवस’का अवसरमा गृहमन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई पूरा गर्न कार्ययोजना सहयोगी हुने बताए ।

गृहमन्त्री थापाले मुलुक समृद्धको उचाइमा पु¥याउन स्वास्थ्य, सिर्जनशील युवाको खाँचो रहेको भन्दै यस्ता युवा–युवतीलाई लागुऔषधमा फस्न नदिन गृहमन्त्रालयले कार्ययोजनामार्फत काम गरिरहेको उल्लेख गरे । उनले भविश्यका कर्णधार किशोर–किशोरी तथा युवा–युवतीमा देखिएको लागुऔषधको दुव्र्यसनलाई सरकारले गम्भीर समस्याका रुपमा लिएको बताए ।

गृहमन्त्रीले लागुऔषधको खेती, उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनजस्ता कानूनी अपराधलाई रोक्न सबै लाग्नुपर्ने धारणा व्यक्त गरे ।