संसदिय सुनुवाई समितिले प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन

811
views

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले आज वुधबार पनि प्रधानन्यायाधीशबारे बोल्ड निर्णय लिन सकेन । दलहरु सहमतिमा पुग्न नसक्दा पर्सीको लागि बैठक सारिएको छ ।

सहमतिमा पुग्न र दलहरुको आन्तरिक छलफल गर्न समय आवश्यक रहेकोले बैठक पर्सीको लागी सारिएको समितिका संयोजक योगेश भट्टराईले बताए ।

आज दिउँसो साढे तीन बजेका लागि बलाइएको बैठक साढे दुई घण्टापछि साँझ ६ बजे सुरू भएको थियो ।

आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्ने सूची रहेकाृ थियो । समितिका दुईतिहाइ सदस्यले अनुमोदन गरेमात्र उनको नाम प्रधानन्यायाधीशको लागि स्वीकृत हुने छ। समितिमा १५ सदस्य छन् ।

जोशीको संसदीय सुनुवाइपछि समितिका दुई बैठक स्थगित भएका थिए । आइतबार ३ बजे बोलाइएको समितिको बैठक बस्दै नबसी सोमबार २ बजेसम्मका लागि स्थगित भएको थियो। सोमबार पनि बैठक स्थगित भएपछि आजको लागि बोलाइएको थियो। जोशीविरुद्ध पाँचवटा उजुरी परेका थिए । समितिको अर्को बैठक शुक्रबार बस्नेगरी स्थगित भएको छ ।