खोलाले बस बगाउँदा १२ घाइते

959
views

काठमाडौं । तुलसीपुर घोराही सडक खण्डमा पर्ने ग्वारखोलाले बस बगाउँदा १२ जना घाइते भएका छन्। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रकाश सापकोटाका अनुसर बस धनगढीबाट घेराही हुँदै तुलसीपुर आउँदै थियो।

ग्वार खोलाले ना ४ ख ८१३६ नम्बरको बस बगाएको हो। बसमा सवार १२ जना यात्रु घाइते छन्। १० जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइराखेको छ। तुलसीपुर अञ्चल अस्पतालमा प्राथामिक उपचारपछि दुई घाइतेलाई भने थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ।

गाडी चालकको अटेरिका कारण दुर्घटना भएको सापकोटाले बताए। आइतबार दिनभर लगातार परेको पानीपछि जिल्लाका विभन्न खोलामा आएको बाढी आएको छ।

एक घर भत्कियो

अविरल बर्षाका कारण दाङको देउखुरीमा एक घर भत्किएको छ। लमही नगरपालिका ६ देउपुरमा रहेको यमबहादुर चौधरीको घर बर्षाले भत्किएको हो। घर भत्किदा करिब १५ हजार बराबरको क्षति भएको चौधरीले बताए। अन्नपूर्णपोष्टबाट