वाइडबडीको व्यवसायीक उडान भदौ १६ बाट

745
views

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको मकालु वाइडबडी विमानको व्यवसायीक उडान भदौ १६ बाट हुने भएको छ ।

निगमको वायुसेवा सञ्चालन अनुमति पत्र (एओसी) मा कलसाइन ९ एन–एएलजेड विमानको एओसी थप गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रक्रियाहरु भैराखेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । एओसी थप भएसँगै निगमको दोस्रो वाइडबडी उडानका लागि बाटो खोल्ने उनले बताए ।

यो विमान पुरानै गन्तव्यमा उडान गर्ने निगमको योजना रहेको छ । जापान, साउदी अरेबीया र कोरियामा उडानका लागि तयारी पुरा नभएकाले गर्दा पुरानै गन्तव्यमा उडान गर्न लागेको हो ।

हाल निगमले तीनवटा विमानबाट हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बईमा नेपाल एयरलाइन्सका उडान रहेका छन् ।