कर आतंकविरुद्ध प्रदर्शन, रत्नपार्कमा झडप

1336
views

काठमाडौं, ५ भदौ । देशव्यापी कर वृद्धिको आतंकविरुद्ध राजधानीमा वृहत प्रदर्शन भएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नम्बर प्रदेशको आयोजनामा मंगलबार भएको प्रदर्शनमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको छ ।

शान्तिवाटिकाबाट रत्नपार्क, असन, इन्द्रचोक हुँदै शान्टिवाटिका फर्केर कोणसभामा परिणत भएको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

प्रदर्शनकारीले ‘करवृद्धि खारेज गर, महंगी, भ्रष्टाचार तुरुन्त अन्त्य गर, महिला हिंसा गर्ने र बलात्कारीलाई सख्त कारवाही गर’ जस्ता नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै वैद्य माओवादीका नेता सीपी गजुरेलले अन्धाधुन्ध कर बढाएर जनताको ढाड सेक्ने कामलाई सरकारले नियन्त्रण गर्न नसकेको भन्दै आलोचना गरे ।