सरकारले ट्रयाक छोडिसक्यो– शशांक कोइराला

687
views

नेपालगन्ज, ६, भदौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार ट्रयाक बाहिर गएको बताए । सरकारले एक वर्ष नपुग्दै गलत ट्रयाक समातिसकेको महामन्त्री कोईरालाको भनाई छ ।

प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री कोईरालाले वर्तमान सरकारले बढाएको कर र मुल्यवृद्धि, प्रेस तथा नागरिक स्वतन्त्रतामाथी गरेको हस्तक्षेप लगायत क्रियाकलापले दिशाहिन भएको प्रष्ट्याए ।

उनले चुनावमा भोट दिएका जनताले वर्तमान सरकारको कार्यशैलीबाट पछुतो मानेको पनि कोईरालाको भनाई छ । ‘चुनावमा तत्कालिन एमाले र माओवादीको वाम गठबन्धनलाई भोट दिएकाहरु नै सरकारको कार्यशैलीबाट अहिले पछुताउनु भएको छ,’ उनले भने । नेपाली कांग्रेस निर्वाचित भएको स्थानीय तहमा कुनैपनि कर नबढ्ने दोर्होयाए ।

सो अवसरमा महामन्त्री कोईरालाले काँग्रेस एक हुन जरुरी रहेको भन्दै कुनै समूहबाट उम्मेदवारी दिएपनि पदमा आईसकेपछि गुटबन्दीभन्दा बाहिर भएको दाबी गरे ।