स्थानिय निकायको चुनावको बेला नेप्सेको ९२ करोडको कारोवार

700
views

काठमाडौं, १९, वैशाख । स्थानिय निकायको चुनावका लागि मनोनयन दर्ता सुरु भएको मंगलबार पुँजी बजारमा समेत सकारात्मक प्रभाव देखिएको छ । साताको पहिलो दिन दोहारो अंकले घटेको बजार आज भने ७.५५ अंकले उक्लिएको हो । आज एक ४३ कम्पनीको १५ लाख ४८ हजार २ सय ५२ कित्ता सेयर किनवेचवाट ९२ करोड ९० लाख ७३ हजार एक सय ३४ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज वजार एक हजार ६ सय ५८.३३ अंकमा उक्लिएको छ ।
बैकिङ समूहको सूचक ६.८८ अंकले वढेको आज विकास बैंक समूहको सूचक १६.४३, जलविद्युत समूहको सूचक ३.१६ र बीमा समूहको सूचक ७९.०२ अंकले वढेको नेप्सेले जनाएको छ । आज होटल समूहको सूचक २८.८८, फाइनान्स समूहको सूचक २.१७, उत्पादनमुलक समूहको सूचक ५.४६ र अन्य समूहको सूचक २.३२ अंकले ओरालो लागेको छ ।