निर्मला हत्याका अपराधी पक्राउ गर्न कुनै कसुर बाँकी राख्दैनौं–प्रम

659
views

काठमाडौ, ११, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अपराधी पक्राउ गर्न सरकार लागि परेको बताए ।

सोमबार विहान मुख्य सञ्चारमाध्यमका सम्पादकहरु संगको छलफलमा प्रधानमन्त्री ओलीले भने ‘उक्त घटना त्रसादीपूर्ण घटना हो, हालसम्म प्रहरी अनुसन्धान प्रति विश्वास गरिएको र थप अध्ययन् र प्रभावकारी अनुसन्धानका लागि केन्दीय अनुसन्धान ब्युरो(सीआईबी)लाई पनि परिचालन गरिएको छ ।’

घटनालगत्तै भएको प्रहरी अनुसन्धान प्रति शंका रहेको उनको भनाइ थियो । ’पीडितका वुवासँगको सोधपुछका क्रममा शंकास्पद गतिविधि भएको हामीले पाएका छौ,’ उनले भने, त्यसैकारणे सिडिओ, डिएसपी र एसपीलाई फिर्ता बोलाइएको हो । मूख्य अपराधी पक्राउ गर्न कुनै पनि कसर वाँकी राख्ने छैनौ ।’