स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द

534
views

काठमाडौं –नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेको छ । सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा ओपीडी सेवा बन्द गर्नुपरेको संघले जनाएको छ । अस्पतालको टिकट काउन्टरमा संघको विज्ञप्ती टाँस गरेर ओपीडी सेवा दिन नसकिएको जनाइएको छ ।

बिरामी मर्कामा
डा. गोविन्द केसीको अनसनका बेला डाक्टरहरु आन्दोलित हुँदा जसरी बिरामीहरुलाई मर्का परेको थियो यस आन्दोलनको प्रत्यक्ष मारमा बिरामीहरु नै मारमा परका छन् । आन्दोलनले टाढा टाढाका बिरामीहरुलाई उपचारमा भन्दा पनि उपचारका क्रममा होटले एवं जजमा हुने बसाईले ढाड सेक्ने अवस्था छ ।

ओपीडी सेवा बन्द गर्ने गरी आजबाट शुरु भएको आन्दोलनले देशैभर समस्या सिर्जना त भएको छ नै तर पनि सरकार यसकाप्रति गम्भिर देखिएको छैन् । संंघका महासचिव डा. लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग शुक्रबार सिंहदरबारमा भएको बैठकमा सकारात्मक परिणाम निस्कन नसकेकाले हडतालमा उत्रनुपरेको बताएका छन् ।

‘सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ बनिसके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढिरहेकाले यस्ता घटनामा संलग्न दोषीमाथि कारबाही गर्नका लागि बिनाधरौटी जेल चलानको व्यवस्था नभएसम्म स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने अवस्था रहेको हाम्रो ठहर छ ।’ संघले सोमबारदेखि शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।