रोल्पामा ६ बर्षीया बालिका बलात्कृत

824
views

रोल्पा– रोल्पामा साढे ६ वर्षीया बालिका बलाकृत भएकी छिन् । पूर्वीरोल्पाको खुमेलमा १२ दिन अगाडि बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । उनलाई गाउँकै आफन्त पर्ने १५ बर्षीय एक किशोरले बलात्कार गरेका थिए ।

उनकी आमाले उपचारका लागि छिमेकि जिल्ला प्युठानको प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री पु¥याएपछि बलात्कृत भएको खुलेको हो ।

डाक्टरले यो रेप केस हो, प्रहरीकोमा जानुस भने पछि आमा छोरी लिएर शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय आएको रोल्पा प्रहरी प्रबक्ता सुर्दशन पन्थीले बताए । उनले राति नै आरोपितलाई पक्राउ गरेर ल्याइएको र किशोरले पनि अपराध स्वीकारेको बताए ।

रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काले अनुसन्धान सुरु गरिएको बताउँदै कानुन बमोजिम आवश्यक कारवाही गरिने बताए ।